बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
राजनीति प्रदेश गण्डकी प्रदेश

समानुपातिकको बन्दसूचीमा भएका कमजोरी सच्याइन्छ : रवि लामिछाने

नयाँ राजनीतिक दलहरूबीच सहकार्य र छलफल एकैसाथ चलिरहेकाले सूची तयारीमा अपेक्षित ध्यान पुग्न नसकेको हुनसक्छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
समानुपातिकको बन्दसूचीमा भएका कमजोरी सच्याइन्छ : रवि लामिछाने
कास्की, पुस १६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी परिवारवाद र विधिविपरीत कुनै पनि गतिविधिमा नजाने स्पष्ट पारेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा समावेश केही व्यक्तिबारे उठेका आलोचनाप्रति जवाफ दिएका हुन्।

लामिछानेले सूची तयार गर्ने क्रममा हतारका कारण केही कमजोरी हुनसक्ने स्वीकार गर्दै त्यसलाई पुनरावलोकन (रिभ्यू) गरिने बताए। नयाँ राजनीतिक दलहरूबीच सहकार्य र छलफल एकैसाथ चलिरहेकाले सूची तयारीमा अपेक्षित ध्यान पुग्न नसकेको हुनसक्ने उनको भनाइ थियो।

उनले भने, ‘सार्वजनिक चासोमा आउनुभन्दा अघि नै सूची रिभ्यू गर्ने समय हुन्छ भन्ने कुरालाई ध्यानमा राखेका छौँ। कुलमानजीसँग पनि अन्तिम समयमा छलफल भएको थियो। उता सूची बुझाउनुपर्ने दबाब थियो, यता सहमति जुटाउने प्रक्रिया चलिरहेको थियो।’

लामिछानेले पार्टी यस विषयमा सचेत रहेको उल्लेख गर्दै थप दुई दिन समय लिएर सबै जायज गुनासोहरू सम्बोधन गरिने बताए। उनका अनुसार, राजनीति दुषित बन्दै जाँदा सचेत नागरिकहरू राजनीतिमा सक्रिय हुन थालेका छन्, जुन सकारात्मक संकेत भएको उनको धारणा थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार