बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति

अशोक राई नेतृत्वको जसपा विभाजित, रेणु यादव समूह जसपा नेपालसँग एकीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ पुस, २०८२ मा प्रकाशित
अशोक राई नेतृत्वको जसपा विभाजित, रेणु यादव समूह जसपा नेपालसँग एकीकरण
काठमाडौं, पुस १४ :

 अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीकी सह–अध्यक्ष रेणु यादवले बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपालसँग एकता गर्ने निर्णय गरेकी छन् ।

रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टीको एक समूह जसपा नेपालसँग पार्टी एकीकरण भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा बहुमत केन्द्रीय सदस्यहरूको समर्थनसहित एकीकरण गरिएको उल्लेख छ ।

हिजो मात्रै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पनि पार्टी एकता गर्ने सहमति भएको थियो ।

अशोक राईले उपेन्द्र यादवसँग अलग भएर २०८१ वैशाख २३ गते जनता समाजवादी पार्टी गठन गरेका थिए । पछिल्लो समय अध्यक्ष राई नेकपा एमालेसँग एकता गर्न लागेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो । सोही असन्तुष्टिको परिणामस्वरूप पार्टी विभाजन भएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार