संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि विभिन्न भेटघाटमा व्यस्त रहनुभयो ।
बिहीबार प्रधानमन्त्री ओलीसंग चीनका विदेशमन्त्री वाङ वीले शिष्टाचार भेट गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबीच आज दुई पक्षीय भेटवार्ता भएको छ ।