शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन

विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकालाई पार्टीमा फर्कनआह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन
फाइल तस्बिर ।
काठमाडौं, पुस १३ :

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो ।

कार्यसम्पादन समिति बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको थियो छ ।

त्यस्तै, कारबाही माफी मिनाहा भएका व्यक्तिहरुको पार्टीको बहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो ।बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गरेको थियो । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकको निर्णय छ ।

कांग्रेसले विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताका सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार