काठमाडौं, पुस १३ :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले यसपटक पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि बताएकी छन् ।
पहिला अवसर पाइसकेको भन्दै उनले अरु नेतालाई पनि नदोहरिन सुझाएकी छन् । निर्वाचनमा आफूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरेको उनको भनाइ छ ।
भुसाल दुईपटक प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् उनले पटकपटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकी छन् । सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’