शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति

ओली र सञ्चारमन्त्री खरेलबीच गुण्डुमा भेटवार्ता

निर्वाचन सुरक्षा र यात्रा प्रतिबन्धप्रति ओलीको चासो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ पुस, २०८२ मा प्रकाशित
ओली र सञ्चारमन्त्री खरेलबीच गुण्डुमा भेटवार्ता
भक्तपुर, पुस ११ :

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा भएको भेटमा  आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिका विषयमा छलफल भएको बताइएको छ।  भेटमा ओलीमाथि लगाइएको काठमाडौं उपत्यकाबाहिर यात्रा प्रतिबन्धको विषयसमेत छलफलमा आएको छ।

सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासका रूपमा लिएको छ।  यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने शुक्रबार नै नेकपाका संयोजक पुष्पकमल दाहालसँग खुमलटारमा भेट्ने तालिका रहेको छ। सरकारले प्रमुख दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रयास गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार