शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

विराटनगरको रहेको क्यासिनोमा छापा, महाप्रबन्धक र व्यवस्थापक सहित २० जना पक्राउ

नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको क्यासिनोमा प्रहरीले छापा मार्दा नेपाली भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ पुस, २०८२ मा प्रकाशित
विराटनगरको रहेको क्यासिनोमा छापा, महाप्रबन्धक र व्यवस्थापक सहित २० जना पक्राउ
मोरङ, पुस ७ :

प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा गए राति छापा मारको छ । छापा मार्ने क्रममा २० जना पक्राउ परेका छन् ।

विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो ।

छापा मार्दा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले  जनाएको छ ।

नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको क्यासिनोमा प्रहरीले छापा मार्दा नेपाली भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापक सहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि स्कृनिङ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध जुवाजन्य खेल खेल्ने गरेको सूचना प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार