विराटनगर, पुस ६ :

विराटनगर स्थित नोबेल टिचिङ अस्पतालको भवनबाट खसेर एक जना इन्टर्न (प्रशिक्षार्थी) चिकित्सको मृत्यु भएको छ । 

आइतबार बिहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उनी मानसिक रोगका विरामी रहेको र औषधी खाईरहेको उनका बुवा शम्भु प्रसाद यादवले जानकारी दिए । घटना हुँदा सँगै रहेका उनका बुबाले अमित सोही अस्पतालमा इन्टर्न गरिरहेको केही दिन देखि अत्यन्त चिन्तित रहेको जानकारी दिए ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ भने शवलाई विराटनगर स्थित कोसी अस्पतालमा मोस्टमार्टमका लागि पठाइएको छ ।