शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

आयोगको असन्तुष्टिपछि अर्थ मन्त्रालयद्वारा बजेट वृद्धि

आयोगले पायो ६ अर्ब ७३ करोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
आयोगको असन्तुष्टिपछि अर्थ मन्त्रालयद्वारा बजेट वृद्धि
काठमाडौं, पुस २ :

निर्वाचन आयोगको असन्तुष्टिपछि प्रतिनिधिसभा निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट वृद्धि गरेको छ ।  निर्वाचन प्रयोजनका लाग मागेको अनुमानित बजेटमा व्यापक कटौती गरिएपछि आयोगले त्यसमा पुनरावलोकनका लागि पत्राचार गरेको थियो । 

जसअनुसार निर्वाचन प्रयोजनका लागि आयोगले ६ अर्ब ७३ करोड रूपैयाँ बजेट प्राप्त गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बजेट संशोधन भएर आएको जनाउँदै मितव्ययी तरिकाले निर्वाचन खर्च गर्ने बताए ।

यसअघि आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको थियो । मागिएको बजेटमा झन्डै ४० प्रतिशतले कटौती गरेपछि आयोगले अर्थ मन्त्रालयसँगअसन्तुष्टि जनाएको थियो । विनियोजित बजेटलाई ७७ वटा जिल्ला निर्वाचन कार्यालय पठाइने आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार