
नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । तत्कालिन अर्थसमितका सभापति समेत रहेका चालिसेविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।
उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागदाबी गरिएको छ। ८ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका चालिसेले चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।
विघटित प्रतिनिधिसभाका सांसद् चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट उनी एकल सिफारिसमा परेका छन् ।