शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

जेनजी युवा भन्छन्- एउटा समूहको दबाबमा गरिएको सम्झौता स्वीकार्य हुँदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
जेनजी युवा भन्छन्- एउटा समूहको दबाबमा गरिएको सम्झौता स्वीकार्य हुँदैन
फाइल तस्बिर ।
काठमाडौं, मंसिर २५ :

जेनजी समूहका युवाहरुले सरकारले व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एउटा समूहको दबाबमा गरिएको सम्झौता स्वीकार्य नहुने भन्दै व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका हुन् ।

पत्रकार सम्मेलनमा जेनजी समूहका प्रतिनिधि अजय सोडारीले जनेजी आन्दोलन चूनावका लागि नभइ मुलुकको परिवर्तनका लागि भएकाले सहमतिमा आफुहरुको सहमति नभएको बताए । उनले सहमतिको मस्यौदाले परिवर्तनको रापलाई छेक्ने काम गर्ने भन्दै अव्यवहारिक सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे ।

त्यस्तै जेनजी प्रतिनिधि रवि किरणले जेनजीसंग बुधबार भएको १० बुँदे सम्झौलाई स्वीकार गर्न नसकिने बताए । उहाले जेनजी आन्दोलनको म्याण्डेड अनुसारअघि बढ्न र सहिद तथा घाइते परिवारको आवाज सुन्न आग्रह गरे ।

त्यस्तै अन्य प्रतिनिधिहरुले वर्तमान सरकार छोटो समयका लागि गठन भएकाले  उक्त सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए । उनीहरुले सर्वपक्षीय छलफल गरेर निचोडमा पुग्न सरकारलाई सुझाव समेत दिएका छन् । सरकार  र जेनजी प्रतिनिधिबीच बुधबार १० बुँदे सहमति भएको थियो । सम्झौता हुँदै गर्दा समेत केही युवाहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा नै विरोध जनाएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार