शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि पूर्ण रूपमा खुल्यो

· बुधबार, १० असोज, २०८१ मा प्रकाशित
घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि पूर्ण रूपमा खुल्यो
कास्की, असोज १० :

प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ।

नयाँपुल- बिरेठाँटी- घान्द्रुक सडकको अन्नपूर्ण- १० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । यो सडक मङ्गलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिनुभयो । 

सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुक सम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । 

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । 

पूर्वाधार विकास कार्यालयको २५ लाख र रु दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका- १० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र  लामो समयदेखिको अवरोध हटेको बताउनुभयो । 

पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकोमा घान्द्रुकका पर्यटन व्यवसायी उत्साही बनेको व्यवसायी अमृत गुरुङले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार