कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन् ।
प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको जानकारी दिए ।
उनले भने, ‘नतिजा देखिने गरी कर्मचारीले कार्यसम्पादन गर्नुपर्छ । सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन केन्द्रीकृत नै छ । योजना छनोट प्रक्रियामा विज्ञताभन्दा राजनीतिक पहुँच र दबाब हाबी हुँदा स्रोतसाधन छरिएको र प्रतिफल आउन नसकेको हो । ’
मुख्यमन्त्री कँडेलले प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य नहुने जनाउँदै खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’