शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

मन्त्री घिसिङले भने- ठेक्काअनुसार काम नहुँदा रुग्ण ठेक्काहरु तोड्नुपर्ने स्थिति आयो

समयमा काम नगर्दा देश र जनतालाई नै घाटा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ मंसिर, २०८२ मा प्रकाशित
मन्त्री घिसिङले भने- ठेक्काअनुसार काम नहुँदा रुग्ण ठेक्काहरु तोड्नुपर्ने स्थिति आयो
काठमाडौं, मंसिर २३ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या देखिएकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको विभिन्न क्षेत्रमा असर परेकाले रुग्ण ठेक्काहरु तोड्नुपर्ने बताए।

मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरे । उनले ठेकेदार कम्पनीका तर्फबाट रुग्ण भएका ठेक्का कारवाही गर्दै तोड्ने गरिएको भन्दै कर्मचारीको कारण रुग्ण भएको ठेक्कामा समेत छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिशोध साधेर ठेक्का तोड्ने सरकारको कुनै नियत नरहेको उल्लेख गर्दै मन्त्री घिसिङले गलत काम गर्नेलाई कारबाही र राम्रा काम गर्नेलाई पुरस्कृत गरिने जिकिर गरे ।

मन्त्री घिसिङले सरकारी बजेट खर्च गर्नका लागि अर्थ मन्त्रालय लगाएतका अन्यमन्त्रालयहरुमा धेरै समस्या रहेको बताए । उनले आफूले तीन वटा मन्त्रालयको जिम्मेवारी लिइरहदा कर्मचारीलाई अनावश्यक दबाब नदिएको तर नजिता आउनुपर्नेमा जोड दिएको उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार