शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति

पुराना नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन सकिँदैन : हर्क साम्पाङ

देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
पुराना नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन सकिँदैन : हर्क साम्पाङ
काठमाडौं, मंसिर २२ :

श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने बताएका छन् ।

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरुले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए । 

देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने बिषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए । साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रित भएका नेताहरुले स्वार्थका कारण असमान सन्धि सम्झौता गरेको आरोप समेत लगाए । उनले श्रम संस्कृति पार्टीले देशका युवाहरुलाई देशमा नै परिचालन गरेर विकास गर्ने नीति लिएको धारणा राखे ।

 साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच वर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे । उनले भ्रष्टाचार गर्ने नियतका साथ कोही पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार