सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मङ्सिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।
‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् । वा मलाई नै सम्पर्क गर्नुहोस्’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गरेका छन् ।
सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै