शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

प्रधानमन्त्रीको आह्वानमा अपराह्न ४ बजे सर्वपक्षीय बैठक बस्दै

निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ मंसिर, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको आह्वानमा अपराह्न ४ बजे सर्वपक्षीय बैठक बस्दै
काठमाडौं, मंसिर १९ :

प्रधानमन्त्री सुशीला कार्कीको आह्वान आज सर्वपक्षीय बैठक बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ ।  यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारभएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।  पुराना तथा नयाँ दलहरूले निर्वाचन केन्द्रित गतिविधिअगाडि बढाइरहेका छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार