शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
समाचार

कामीरिता शेर्पाले पाए ४२ औं उच्च हिमाल आरोहणको गिनिज वर्ल्ड रेकर्ड

उनले भने- यो उपलब्धिलाई आफ्नो ‘जीवनभरको समर्पण र शेर्पा समुदायको आत्मा’ को सम्मान हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ मंसिर, २०८२ मा प्रकाशित
कामीरिता शेर्पाले पाए ४२ औं उच्च हिमाल आरोहणको गिनिज वर्ल्ड रेकर्ड
काठमाडौं, मंसिर १७ :

नेपाली शेर्पा समुदायका अनुभवी उच्चहिमाली गाइड कामीरिता शेर्पाले सगरमाथासहित ८ हजार मिटरभन्दा माथिका हिमालहरूमा ४२ औँ पटकको सफल आरोहण गर्दै गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरेका छन्।

सोलुखुम्बुका ५५ वर्षीय कामीरिता विश्वकै सर्वाधिक सगरमाथा आरोही हुन्। उनले सगरमाथा मात्र ३१ पटक आरोहण गरिसकेका छन्। २०२५ मे २७ मा उनले ३१ औँ सफल आरोहण पूरा गरेका थिए।

सगरमाथाबाहेक उनले मनास्लु, ल्होत्से, चोयू तथा पाकिस्तानको के–टु हिमाल चढेका छन्। कामीरिताले यो उपलब्धिलाई आफ्नो ‘जीवनभरको समर्पण र शेर्पा समुदायको आत्मा’ को सम्मान भएको बताए। कामीरिताले आफ्नो आरोहण यात्रा जारी रहने बताउँदै आगामी वसन्तमा ३२ औँ पटक सगरमाथा चढ्ने तयारी रहेको जानकारी दिएका छन्।

नेपालका अर्का रेकर्डधारी निर्मल पुर्जा ‘निम्सदाइ’ ले पनि १४ वटा ८ हजार मिटर अग्ला हिमालमा ५१ पटक आरोहण गरिसकेका छन्। यी दुवै आरोहीका उपलब्धिले नेपाललाई विश्व–स्तरीय पर्वतारोहण क्षमतासहित चिनाउँदै आएको रिपोर्टमा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार