शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

अग्रिम टिकट बुकिङ्ग असोज १२ गते शनिवारदेखि, २० बुँदे निर्णयमा के छ त?

· मंगलबार, ९ असोज, २०८१ मा प्रकाशित
अग्रिम टिकट बुकिङ्ग असोज १२ गते शनिवारदेखि, २० बुँदे निर्णयमा के छ त?
असोज ९ :

यस बर्षको दशैंका लागि यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आगामी शनिवारदेखि टिकट बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको हो ।

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सक्रियन्युजसँग कुरा गर्दै महासङ्घ र यातायात व्यवस्था विभागका साथै विभिन्न सरोकारवाला निकायबीच  छलफल गर्दा चाँडपर्वमा सवारी ब्यवस्थापन सहज बनाउन २० बुँदे निर्णय गरेको जानकारी दिनुभयो । 

टिकट लिँदा सकेसम्म अनलाइनबाट लिने व्यवस्था मिलाउने विषयमा पनि सहमति भएको छ। 

यसैगरी, सडकमा भएका खाल्डाहरु पुर्न र मर्मत गर्न सरोकारवाला पक्षलाई आग्रह गर्ने निर्णय पनि भएको अध्यक्ष स्वाँरले जानकारी दिनुभयो । 

२० बुँदे सहमति अनुसार चाडपर्वमा सवारी साधन तथा सडकको अनुगमन गर्ने पनि समावेश छ । 

यात्रुको परिचय पत्रको आधारमा नियमानुसार पाउने छुट दिन पनि सहमति भएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार