शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

राम्रो खेल्दा पनि नतिजामा चुक्यौँः गुल्सन झा

· आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
राम्रो खेल्दा पनि नतिजामा चुक्यौँः गुल्सन झा
काठमाडौं, मंसिर १४ :

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज सम्पन्न खेलमा काठमान्डू गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ ।

यो जितले आठ अङ्क जोडेको काठमान्डूले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली भने प्लेअफबाट बाहिरिने सङ्घारमा पुगेको छ । आजको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रै खेल्दा पनि नतिजामा चुक्नुपरेको बताए ।

“राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको छ”, उनले भने, “सबैले राम्रो खेलिरहेका छौँ । तर नतिजा हाम्रो पक्षमा ल्याउन सकिरहेका छैनौँ ।” अब खेल्न बाँकी रहेका दुई खेल जित्ने र अझै पनि  प्लेअफ पुग्ने लक्ष्य रहेको झाको भनाइ थियो ।

यस्तै काठमान्डू गोर्खाजको जितमा प्लेयर अफ दी म्याच भएका जेरार्ड इरासमसले आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको बताए ।

“आजको पिच ब्याटिङ गर्न राम्रो रहेको थियो । जसमा मैले राम्रो इनिङ खेले, धेरै खुसी लागेको छ”, उनले भने । एनपिएलको जारी सिजनमा यो नै आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई आफूले याद गरिराख्ने इरासमसको भनाइ थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार