शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

नेपाली यू १९ टोली एसिया कपका लागि छनोट

नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।
· शनिबार, १३ मंसिर, २०८२ मा प्रकाशित
नेपाली यू १९ टोली एसिया कपका लागि छनोट
काठमाडौं, मंसिर १३ :

नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ ।

नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको  ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

मलेसियाका मोहम्मद अक्रामले एक  विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि नितिस कुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक/एक विकेट लिए ।

कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् । 
यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार