शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

बसिर अहमद बने अर्धशतक जोड्ने १३औँ खेलाडी

उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।
· शनिबार, १३ मंसिर, २०८२ मा प्रकाशित
बसिर अहमद बने अर्धशतक जोड्ने  १३औँ खेलाडी
काठमाडौं, मंसिर १३ :

विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक हिर्काउने १३औँ खेलाडी बनेका छन् ।

उनले कर्णाली याक्सविरुद्धको खेलमा ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी जारी सिजनमा अर्धशतक हिर्काउने १३औँ खेलाडी बने पनि हालसम्म १७ अर्धशतक बनेका छन् ।

जसमा  चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, पोखराका  सुमित बर्माले, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका  वायन पार्नेल र आशिफ शेखले एक–एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाटमात्र जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडी हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार