काठमाडौं, मंसिर १२ :

राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का सदस्य सचिव टंकलाल घिसिङको बिदाइ गरेको छ ।

४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको हो । त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरुलाइ समेत बिदाइ गरिएको थियो । 

बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको बिकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहदा समेत आफ्नो सहयोग जारी रहने बताए। आफुलाई जिम्मेवारी पूरा गर्ने क्रममा सवै कर्मचारी लगाएतका सरोकारवालाहरुबाट सहयोग पाएकाले सफलतापूर्वक आफू बिदा हुन पाएको उनले बताए । 

उनले नेपाली खेल क्षेत्रलाई अझ उचो बनाउन आफूले सक्दो भूमिका खेलेको धारणा राखे । त्यस्तै कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो ।