शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सर्वोच्च आगजनी प्रकरण : पूर्वस्ववियु सभापति ढुंगेल पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
सर्वोच्च आगजनी प्रकरण : पूर्वस्ववियु सभापति ढुंगेल पक्राउ
काठमाडौं, मंसिर १० :

जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति तथा अखिल क्रान्तिकारीका नेता विष्णु ढुंगेल पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो।

यसअघि पक्राउ परेकाको बयानको आधारमा ढुंगेललाई समातिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार संकलित फोटो तथा भिडियो फुटेजमा सर्वोच्च अदालतमा आगजनी गर्नेहरूको अगुवाइमा ढुंगेल देखिएपछि उनलाई पक्राउ गरिएको हो।  झापा भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर महालक्ष्मी–५ का ३० वर्षीय ‘ब्राउन’ भनिने सुशील श्रेष्ठ आपराधिक उपद्रव मुद्दामा म्याद थपेर अहिले प्रहरी हिरासतमा छन्।

अधिवक्ता समेत रहेका उनी २०७९ सालमा भएको स्ववियु चुनावमा  नेपाल ल क्याम्पसको सभापतिमा विजयी भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार