काठमाडौं, मंसिर १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेश इन्चार्जहरूलाई एकैपटक पदमुक्त गर्ने निर्णय गरेको छ।  केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालिरहेका सचिवालय सदस्यहरूलाई हटाउँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई दिने निर्णय गरेको हो।

गत वैशाखमा रास्वपाले सन्तोष परियार (कोशी), मनिष झा (मधेश), निमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपीन आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाललाई (सुदूरपश्चिम) प्रदेश इन्चार्ज तोकेको थियो ।

यस निर्णयबाट सबैजना पदमुक्त भएका छन्। कोशी इन्चार्ज परियारले पार्टी नै परित्याग गरिसकेका छन्। बैठकले आगामी निर्वाचन लक्षित गर्दै देशभरका सबै पालिकामा र्‍यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ।