शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

छविलाल जोशीलाई हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप

· सोमबार, ८ असोज, २०८१ मा प्रकाशित
छविलाल जोशीलाई  हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप
काठमाण्डौं, असोज ८ :

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन बहादुर थापाले जानकारी दिनुभयो  ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

पूर्व डिआइजीसमेत रहेका जोशी गोरखा मिडिया प्रालिका पूर्व सञ्चालकहरुमध्ये एक हुन ।प्रहरीले उनलाई हिजो पक्राउ गरी पोखरा लगेको थियो ।

गोरखा मिडियामा रहँदा सहकारीको रकम अपचलन सम्बन्धमा जोशीसहित चार जनालाई दोषी ठहर गर्दै सहकारी छानवीन संसदीय समितिले सिफारिस गरेको थियो ।

समितिको सिफारिस कार्यान्वयन गर्ने क्रममा जोशी पक्राउ परेका हुन ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार