शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र भिडियो

अबको केही दिनमा नै प्रत्यक्ष अनुभूत हुनेगरी आर्थिक क्षेत्रमा सुधार गर्छौं : अर्थमन्त्री खनाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ मंसिर, २०८२ मा प्रकाशित
अबको केही दिनमा नै प्रत्यक्ष अनुभूत हुनेगरी आर्थिक क्षेत्रमा सुधार गर्छौं : अर्थमन्त्री खनाल
काठमाडौं, मंसिर ३ :

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिएका छन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा अर्थमन्त्री खनालले कर प्रशासन प्रविधिमैत्री बनाउदै एउटै बिन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने, चुक्ता प्रमाणपत्रका आधारमा व्यवसाय नविकरण गर्ने, राष्ट्रिय परिचय पत्रबाट प्यान नम्बर लिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।

 उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावलाई प्रभावकारी रुपमा क्रमश कार्यान्वयन गर्दै लैजाने उल्लेख गरे। अर्थमन्त्री खनालले सरकारलाई निर्वाचनको म्याण्डेड रहेकाले करका दर हेरफेरतर्फ गर्ने कुनै तयारी नभएको बताए । 

अब आउने निर्वाचित सरकारले नै करका दर पुनरावलोकन गरोस भन्ने अर्थ मन्त्रालयको चाहना रहेको उनको भनाइ छ । उनले निर्वाचन आचारसंहिता जारी भएपछि कुनै पनि नीति वा प्रशासनिक निर्णय गर्न नसक्ने स्पष्ट पारे ।

खनालले अबको केहिदिनमा प्रत्यक्ष अनुभूत हुने गरि आर्थिक क्षेत्रमा सुधार गर्ने आफ्नो प्रयास रहेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघले कर प्रणाली सुधारका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाले दिएको सुझावलाई कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार