शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार

· सोमबार, ८ असोज, २०८१ मा प्रकाशित
धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार
धनुषा, असोज ८ :

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेसन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएको बताउनुभयो ।

फरार मध्ये एक जनालाई  पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।  फरार सबै थुनुवा लागु औषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ । 

थुनुवाले रड काट्न प्रयोग हुने  ‘ह्याक्सो ब्लेड’ को प्रयोग गरी भेन्टिलेसन काटेर  फरार भएका र ह्याक्सो ब्लेड उनीहरूको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताउनुभयो । 

यसैबीच, प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त रहेको प्रवक्ता अवालेले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार