बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
राजनीति विदेश

एनडीए भारी बहुमततर्फ, महागठबन्धन प्रतिस्पर्धामा निकै पछि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २८ कात्तिक, २०८२ मा प्रकाशित
एनडीए भारी बहुमततर्फ, महागठबन्धन प्रतिस्पर्धामा निकै पछि
बिहार, कात्तिक २८ :

बिहार विधानसभा चुनावको मतगणना जारी रहँदा एनडीएकाे गठबन्धनले क्लिन स्विप गर्ने गरी अग्रता बनाएको छ। २४३ सिटमध्ये एनडीएले २०२ सिटमा अग्रता बनाउँदै ऐतिहासिक रुपमा बलियो स्थिति देखाएको छ।

दोस्रोतर्फ, तेजस्वी यादव नेतृत्वको महागठबन्धनले केवल ३४ सिटमा अग्रता बनाउँदै प्रतिस्पर्धामा पछि परेको छ। एनडीएलाई २०२० को तुलनामा करिब ६५ सिटमा फाइदा देखिएको छ, जबकि महागठबन्धनले बराबरी सिटमा पछि परेको छ।

जनता दल युनाइटेड (जेडीयू)ले अघिल्लो पटक ४३ सिट जितेको थियो भने यस पटक ७५ भन्दा बढी सिटमा अग्रता बनाइरहेको छ। यसरी नितिश कुमारको १०औँ पटक बिहारको मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको छ। भारतीय जनता पार्टी (भाजपा)को अग्रता ९० सिटमा रहेको छ, जसले पार्टीलाई सबैभन्दा बलियो घटकको रूपमा प्रस्तुत गरेको छ।

महागठबन्धनमा, राष्ट्रिय जनता दल (राजद)ले २७ सिटमा मात्र अग्रता बनाएको छ भने कांग्रेसले ६१ सिटमा लडेकोमा केवल ४ सिटमा अग्रता बनाएको छ। मुख्य मन्त्री उम्मेदवार तेजस्वी यादव आफैं राघोपुर सिटमा भाजपा उम्मेदवारसँग पछि परेको देखिन्छ।

मतगणना जारी छ र अन्तिम परिणाम अझै बाँकी छ। तर हालको परिदृश्य अनुसार एनडीएले बिहारमा ऐतिहासिक जीतको मार्ग तय गरेको देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार