शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख असुल्यो

बक्यौता बुझाउन सुरु गरेका उद्योगीलाई कुलमानले दिए धन्यवाद
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख असुल्यो
काठमाडौं, कात्तिक २७ :

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत लोडसेडिङ अवधिमा विद्युत् उपभोग गरेका उद्योगहरूबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ।

प्राधिकरणका अनुसार, २५ नयाँ उद्योगले प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन् भने १० उद्योगले पुरानो किस्ताबन्दीलाई निरन्तरता दिएका छन्।

३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ मध्ये ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै असुल हुन बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाख सम्मको अवधिको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बक्यौता बुझाउन सुरु गरेका उद्योगीलाई धन्यवाद दिंदै त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

‘उद्योगलाई नियमन आयोग वा अदालतमा जाने बाटो खुला छ। किस्ता तिर्न थालेपछि त्यसको पालना हुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ मन्त्री घिसिङले भने।

प्राधिकरणले असोजमा २१ दिनको समयसीमा दिएर बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि तिर्न नआएका उद्योगहरूको लाइन ४ र ७ कात्तिकमा दुई चरणमा काटिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार