काठमाडौं, कात्तिक २४ :
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरे । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।
एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे। मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगाएतका बिषयलाई एआइले समेट्ने बताए । उनले सरकारको सारथी र जनताको उदेश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?