बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसले पूर्वमन्त्री आलमको निधनमा पार्टीको झण्डा आधा झुकाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २२ कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेसले पूर्वमन्त्री आलमको निधनमा पार्टीको झण्डा आधा झुकाउने
काठमाडौं, कात्तिक २२ :

नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको हो ।

बैठकले आलमको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आलमको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।  कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको हो।

यसैगरी, कांग्रेसले आलमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ। साथै,निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ। प्रत्येक सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णयसमेत भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

आलमको गएराति २ बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो। उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल  भएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार