सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएको छ ।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे । सामाजिक सञ्जाललाई व्यबस्थीत र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए ।
मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । उनले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए । केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै हुने उनको भनाइ छ ।
छलफलका क्रममा अनलाइन टीभी सञ्चालका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरुले राज्यले आफूहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’