शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

यो साता सुनको मूल्यमा गिरावट

· बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
यो साता सुनको मूल्यमा गिरावट
काठमाडौं, कात्तिक १२ :

यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६ सय ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९ सय किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला रु दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर  दुई हजार ९६५ पुगेको हो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार