काठमाडौं, कात्तिक ९ :

प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका दुई नयाँ मन्त्रीले अहिले शपथ हुँदैछ। डा. सुधा शर्मा र बब्लु गुप्ता मन्त्री नियुक्त भएका छन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ हुँदैछ ।  चार जनामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम काटिएको छ। 

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। तर, सुनारको नाममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्रीले थप छलफल गरेकी थिइन्। छलफलपछि अन्ततः सुनार र श्रेष्ठ दुवैको शपथ स्थगित गरिएको स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालयमा अहिले शपथ ग्रहण कार्यक्रम हुँदैछ।