
काठमाडौं, कात्तिक ७ :
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
पौडेलले गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् । गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
यसअघि उक्त घटनामा प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। गिरीकै स्टुडियो अगाडि पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । सोही कारण प्रहरीले उनलाई बोलाएर घटनाको सम्बन्धमा सोधपुछ गरेको हो ।
१२ दिनअघि लेखेकी थिइन् निराशाजनक स्टाटस
करिब १२ दिनअघि उनले आफ्नो फेसबुक पेजमा एक निराशाजनक स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन् - ‘हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’