बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार राजनीति अर्थतन्त्र विचार

बालकोटमा कस्तो बन्ला ओली कुटी ? फोटो सङ्कलन सुरु

ओलीको बालकोट स्थित निवास भदौ २४ गतेको आन्दोलनमा जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्की गुण्डु गएका थिए । अब ओली गुण्डुमै बस्ने भएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
बालकोटमा कस्तो बन्ला ओली कुटी ? फोटो सङ्कलन सुरु
भक्तपुर, कात्तिक ७ :

नेकपा एमालेका अध्यक्ष ओलीका लागि भक्तपुरको गुण्डुमा आवास निर्माणको तयारी भइरहेको एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको जानकारीदिएका छन् ।

ओलीका लागि ओलीकुटी निर्माणको लागि गुण्डुबासीले सङ्कल्प समेत गरेको उनको भनाइ छ ।स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् भन्दै उनले  ओलीकुटी निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्ने बस्नेतले जानकारी दिएका छन् ।

कुटी कस्तो देखिन सक्छ ? भनेर फोटो सङ्कलन सुरु भइसकेको र देशभरबाट सुझाव र समर्थन आइरहेको सामाजिक सञ्जालमार्फत बस्नेतले जनाएका छन् ।


निर्माण हुने घरका केही नमुनाहरू समेत बस्नेतले सार्वजनिक गरेका छन् । ओलीले बालकोट स्थित निवास मरणोपरान्त राज्यलाई दिइसकेका छन् । ओलीको बालकोट स्थित निवास भदौ २४ गतेको आन्दोलनमा जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्की गुण्डु गएका थिए । अब ओली गुण्डुमै बस्ने भएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार