शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

विपिनको शव सेनाले हेलिकोप्टरबाट कञ्चनपुर लगियो

प्रदेश सरकारले विपिका परिवारलाई दुई लाख आर्थिक सहयोग गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
विपिनको शव सेनाले हेलिकोप्टरबाट कञ्चनपुर लगियो
काठमाडौं, कात्तिक ३ :

विपिन जोशीको शव काठमाडौंबाट अन्तिम बिदाइ गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला कञ्चनपुर लगिएको छ। 

सोमबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको उनको पार्थिव शरीरमा  प्रधानमन्त्री सुशीला कार्कीले  राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्। 

यसैगरी मन्त्रीहरु र विशिष्ठ व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरेपछि हेलिकप्टरमार्फत शव कञ्चनपुर लगिएको हो।विपिनलाई श्रद्धाञ्जली दिन उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, आफन्तलगायत उपस्थित भएका थिए। उनको आजै कञ्चनपुरमा दाहसंस्कार गरिने भएको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।  जोशीको परिवारलाई पनि प्रदेश सरकारले  मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार