शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश मधेस प्रदेश

सतिशकुमार सिंहद्वारा नयाँ दल जनस्वराज पार्टीमा आबद्ध भएको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
सतिशकुमार सिंहद्वारा नयाँ दल जनस्वराज पार्टीमा आबद्ध भएको घोषणा
जनकपुर, असोज २९ :

मधेस प्रदेशका कामचलाउ मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा आबद्ध भएका छन् ।

मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको सुरुवात गरेका हुन् । बुधबार मधेस प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले उनलाई रोक्ने प्रयास गरेका थिए । 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत पक्षका कार्यकर्ताहरू झाडु र लट्ठी लिएर उपस्थित हुँदै सिंहको सनाखत रोकेर विरोध प्रदर्शन गरेका थिए । यस क्रममा सिंह पक्ष र राउत पक्षका कार्यकर्ताबीच केही समय तनावपूर्ण झडप समेत भएको छ । मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री त्रिभुवन साहले पनि जनस्वराज पार्टीमा हस्ताक्षर गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार