शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश बागमती प्रदेश

ओली नेतृत्वमा रहँदासम्म एमालेसँग एकता सम्भव हुन्न : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
ओली नेतृत्वमा रहँदासम्म एमालेसँग एकता सम्भव हुन्न :  प्रचण्ड
फाइल तस्बिर ।
धादिङ, असोज २९ :

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकताको ढोका खुला रहेको बताएका छन्। तर उनले केपी शर्मा ओलीको नेतृत्वमा रहँदासम्म यस्तो एकता सम्भव नरहेको स्पष्ट पारे।

धादिङको बेनीघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै उनले आगामी चुनावलाई माओवादीको प्रमुख राजनीतिक एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो,’ उनले जोड दिए।

त्यसैगरी, प्रचण्डले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी समेत दिए।

कार्यक्रममा सहभागी युवासँगको संवादमा उनले माओवादी विचारप्रति नयाँ पुस्ताको झुकाव बढिरहेको दाबी गरे।

उनले पार्टी नेताकार्यकर्तालाई आगामी चुनावका लागि योजनाबद्ध रूपमा तयारी थाल्न निर्देशनसमेत दिए।
एमाले नेतृत्वमा सम्भावित परिवर्तन आएमा बाम शक्तिहरूबीच एकताको नयाँ सम्भावना खोलिने संकेत उनको अभिव्यक्तिबाट झल्किएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार