शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति भिडियो

म हट्ने कि नहट्ने फेसबुकले होइन, कमिटीले टुंग्याउँछ : ओली

‘बिग्रिएको भए पो सप्रिनू’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
म हट्ने कि नहट्ने फेसबुकले होइन, कमिटीले टुंग्याउँछ : ओली
ललितपुर, असोज २९ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टी नेतृत्वबाट हट्नुपर्ने कि नपर्ने भन्ने निर्णय फेसबुकका पोस्ट वा हल्लाले होइन, पार्टीको केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने बताएका छन्।

मंगलबारदेखि सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू कुनै पनि निर्णयका लागि कमिटीको आदेश मान्न तयार रहेको प्रष्ट पारे।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ,’ ओलीले भने,‘कमिटीले भन्यो भने जनुसुकै निर्णय गर्न तयार छु।’ ओलीले केही नेताहरू लोकप्रियताको पछाडि लागेको टिप्पणी गर्दै पार्टीभित्रका समस्या बाहिर लगेर हल्ला फैलाउनेहरूलाई कटाक्ष गरे। उनले विरोधीहरूले पार्टी कार्यालय च्यासल र नेताहरूको घर जलाएको आरोप पनि लगाए।

आफू कहिल्यै पनि नबिग्रिएको दाबी गर्दै उनले भने, ‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई देशभक्ति, राष्ट्रिय स्वाधीनता र विकासको दृष्टिकोण छोड्नुपर्ने हो भने केपी ओलीले छोड्दैन।’ ओलीले पार्टीभित्र छलफल नगरी बाहिर विरोधीका लहैलहैमा लाग्नेहरूलाई सप्रिनुपर्ने टिप्पणी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार