बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक : प्रवक्ता महत

नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक : प्रवक्ता महत
काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाए। लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उनको भनाइ छ । उनले सभापत्रि देउवाले कार्यवाहक दिइसकेको र आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेको भन्दै नेतृत्व परिवर्तनको बहस अन्त्य गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले मुलुकमा धेरै ठूलो चुनौती छ । पार्टी र संविधानमाथि नै आक्रमण भएको छ । राष्ट्रियताको जगलाई नै कमजोर बनाउने कोसिस भएको छ ।  यस्तो अवस्थामा हाम्रो पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनेर छलफल भएको छ यसले निश्चय नै विषयान्तर गराएको छ । यसले पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा पनि समस्या ल्याएको छ । अब अधिवेशन त जतिसक्दो चाँडो गर्ने कुरामा दुईमत छैन । गरौंला पनि तर एकता अहिले सबैभन्दा ठूलो कुरा हो । अरु पार्टीको जिम्मा त हामीले किन लिने ? शेरबहादुरजीले चाँही आज कार्यवाहक पनि दिईसक्नुभयो र आउँदो अधिवेशनबाट आफू नेतृत्वमा रहन्न भनिसक्नु भएको छ । यसका बाबजुद पनि पार्टीकै जिम्मेवार नेताबाट जुन आलको प्रश्नहरु आइरहेको छ यसले पार्टीमाथि प्रश्न उठाएको छ ।’

बैठकले जेन—जी आन्दोलनका क्रममा नेताहरूमाथि भएको हिंसात्मक आक्रमणको भत्र्सना गरेको पनि बताए । उनले पार्टीका भातृ संघहरुमा समेत गम्भीर समस्या रहेको भन्दै ति संघसंस्थाहरुलाई पुनःजीवित गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार