नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् ।
‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
देउवाको मन्तव्य लगत्तै बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ ।बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए ।
जनजी प्रदर्शनकारीहरुको कुटाईबाट घाइते भएका देउवा लामो समयको उपचारपछि पार्टी केन्द्रीय कार्यसमितिको बैठकमार्फत सार्वजनिक भएका हुन् ।
बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । उनी ३४ दिनपछि पार्टी केन्द्रीय कार्यसमिति बैठकमार्फत सार्वजनिक भएका हुन् । आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै
गगन थापा भन्छन् : कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा कसरी पुग्यो?