शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ असोज, २०८२ मा प्रकाशित
नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता
काठमाडौं, असोज २७ :

नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करणका लागि ५१२ स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए ।

प्रतियोगिताको पहिलो संस्करणमा २७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी १५५ खेलाडीको नाम दर्ता गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीबाट ९८, मधेसबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडी छन् ।

पहिलो संस्करणमा छ सहरका छ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए । जसमा ६६ जना नेपाली खेलाडी थिए । ‘प्रतियोगितामा विदेशी खेलाडी पनि आकर्षण छ, दोस्रो संस्करणको ‘ड्राफ्ट’मा ४० देखि ५० जना विदेशी खेलाडी लिनेछौँ’, प्रमुख बेगानीले भन्नुभयो । पहिलो संस्करणमा थाइल्यान्ड, बङ्गलादेश, श्रीलङ्का र केन्याका १८ खेलाडीले एनकेएलमा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले सहभागी जनाएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित पहिलो संस्करणको फाइनलमा जनकपुरले काठमाडौँलाई ४३–४१ ले पराजित गर्दै उपाधि जितेको थियो । दोस्रो संस्करणको मिति चाँडै सार्वजनिक हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार