शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउत उपर १० दिनभित्र उजुरी दिन आह्वान 

· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
प्रस्तावित प्रधानन्यायाधीश राउत उपर १० दिनभित्र उजुरी दिन आह्वान 
काठमाण्डौँ , असोज ५ :

प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आव्हान गरिएको छ । 

संसदीय सुनुवाइ समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समितिको बैठकको निर्णय बमोजिम संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गरेको हो । 

हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यम मार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। 

प्रस्ताव पारित भएसँगै समिति सचिवालयले सूचना प्रकाशित गर्दै उजुरी आह्वान गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार