
आजको ठिक एक महिनाअघी जेनजी आन्दोलनमा ज्यान गुमाइकाहरुको सम्झनामा बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि दीप प्रज्वलन गरिएको छ।
गत भदौ २३ गतेको जेन–जी आन्दोलन र त्यसको भोलिपल्ट भएको प्रदर्शनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । मृतकका परिवारजन, शुभेच्छुक र अभियन्ताहरूले आन्दोलनको एक महिना पुगेको अवसरमा मैनबत्ती बालेर मृत आत्माहरूको चीर शान्तिको कामना गरे। सहभागीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग समेत गरेका छन्। सबैभन्दा बढी संसद् भवन अगाडि नै धेरै सहिद भएका थिए ।
त्यस दिन सरकारले बल प्रयोग गरेपछि स्थिति झनै चर्किएको थियो। हिंसात्मक घटनामा परी अहिलेसम्म ७५ जनाको मृत्यु भएको पुष्टि भएको छ। जेन–जीको अगुवाइमा भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन भएका थिए।