
काठमाडौं, असोज २१ :
जेनजीले पुन: आन्दोलन गर्ने भनेपछि त्यसको त्रासका कारण प्रहरीहरुले चौकी छाडेका हुन्।
विस्थापित भएका प्रहरीहरु पूर्ववर्त अवस्थामा फर्किए पनि सोमबार रातिदेखि सबै प्रहरी चौकी र बिटबाट प्रभागमा सरेका छन् ।
जेन-जीका नाममा फेरि आन्दोलन सुरु हुने आशंकामा उनीहरुलाई धेरै संख्यामा हुने गरी एक ठाउँमा केन्द्रित भएका हुन्।भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको छ।