शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, आठजना घाइते
कञ्चनपुर, असोज १४ :

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा आज बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए। अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उहाँका चार वर्षीय छोरा कमल बोहरा,  बेदकोट–४ की ३० वर्षीया तारा पाल, उहाँका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन् ।

दुर्घटनापछि चालक  फरार रहेका छन् । जिपमा चालकसहित १० जना सवार रहेका थिए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार