शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

६ घण्टाको प्रयासपछि तुइनखोलाको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
६ घण्टाको प्रयासपछि तुइनखोलाको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडक सञ्चालनमा
चितवन, असोज १३ :

तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएसँगै मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। झन्डै ६ घण्टा प्रयासपछि साँझ ६ बजे पहिरो पन्छाई दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

दसैं मनाउन घर फर्किरहेका यात्रुहरूको भीड रहेको बेला सोमबार मध्यान्ह १२ बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अबरुद्ध हुँदा लामो समयसम्म सवारी साधन दुवैतर्फ थुनिएको थियो।  उनका अनुसार, अहिले सडकमा सामान्य अवस्थामा सवारीसाधन सञ्चालन भइरहेको छ।

दसैंको चहलपहलसँगै बढेको सवारी चापका कारण पहिरोले थप समस्या निम्त्याएको थियो।सडक बन्द हुँदा यात्रुहरू लामो समयसम्म अलपत्र परेका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार