शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति अर्थतन्त्र बैंक/बीमा

शरद ओझाको मुद्दा किनारा नलाग्दै बिमा प्राधिकरणमा जनकराज शर्मा नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
शरद ओझाको मुद्दा किनारा नलाग्दै बिमा प्राधिकरणमा जनकराज शर्मा नियुक्त
काठमाडौं, असोज १० :

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका थिए । शर्माले आजै कार्यभार सम्हालेका छन् ।

शरद ओझाको मुद्दा किनारा नलाग्दै बीमा प्राधिकरणको अध्यक्षमा शर्माले  शपथ लिएर काम थालेका छन् ।

सर्वोच्च अदालतको आदेशविपरीत अर्थ मन्त्रालयले ओझालाई कार्यालय जान रोकेको थियो । अदालतले ओझाको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि प्राधिकरणमा हाजिर हुन गएका थिए । तर ओझाले हाजिर गरेलगत्तै हाजिर किन गरेको भन्दै अर्थमन्त्रालयले पत्र लेखेका थियो । सरकारले अदालतको आदेशलाई समेत लत्याएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार